विदेशमा रहेका नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्था गरिने
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:४८
3.91K
shares
shares

काठमाडौं, ५ जेठ । सरकारले विदेशमा रहेका नागरिकलाई भोट हाल्न पाउने व्यवस्था गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
‘विदेशमा रहेका नेपालीहरुलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



















