संक्रमणकालीन न्याय दुई वर्षमा टुङ्ग्याउने सरकारको घोषणा
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:५२
4.38K
shares
shares

काठमाडौं, ५ जेठ । आगामी दुई वर्ष भित्र संक्रमणकालीन न्याय पुरा गर्ने घोषणा गरिएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको सुझावलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



















