नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने सरकारको घोषणा
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:५५
4.77K
shares
shares

काठमाडौं, ५ जठ । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए । हवाइ सम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्ने बताउँदै पौडेलले नयाँ मुलुकहरुसँग हवाई सम्झौता गरी बजार विस्तार गरिने घोषणा गरे ।



















