Dhulikhel Eco Banner new

सरकारका ४४ संस्था मध्ये २५ संस्था नाफामा

3.77K
shares

काठमाडौं, १४ जेठ । अर्थमन्त्री प्रकाश शरण महतले नेपाल सरकारको लगानीमा रहेका ४४ वटा सार्वजनिक संस्थाहरुमध्ये २५ नाफामा सञ्चालन भएको बताएका छन् । उनले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनले भने,‘ सार्वजनिक संस्थानहरुमा आर्थिक वर्ष ७९÷८० मा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । जसमध्ये ७९÷८० मा सरकारले ६ अर्ब १६ करोड लाभांश अथवा लगानीको १ प्रतिशत लाभांश प्राप्त गरेको छ ।’

सार्वजनिक संस्थान कुल सञ्चालन आय ३६.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७५ अर्ब पुगेको समेत महतले जानकारी गराएका छन् ।