Dhulikhel Eco Banner new

ई–कमर्सबारे कानूनी व्यवस्था गरिने

6.07K
shares

काठमाडौं, १५ जेठ । सरकारले ई–कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवद्र्धन र नियमन गर्न कानूनी व्यवस्था गर्ने भएको छ ।

सोमवार आगामी आर्थिक वर्ष २०८०—०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ई–कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवद्र्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने बताए । उनले विद्युतीय हाटबजार मार्फत लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गरिने पनि बताए ।