सरकारलाई ओलीको कटाक्ष : पोहोर त बजेट पास भयो तर परिणाममा के भयो हजुर ?
वि.सं.२०८० जेठ २३ मंगलवार १६:१४
shares

काठमाडौं, २३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ल्याएको बजेटको मूल्याङकन गर्ने हो भने जिरो भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले बजेट बुझ्न र केलाउन त्यस्को असर कानूनी व्यवस्था सबै हेर्न सम्भव नै नहुने बताए ।
उनले भने ‘ त्यसैले यो सजिलो छैन् । अर्थतन्त्रको विषयमा अर्थमन्त्रालयमा विश्वास पनि गर्नु पर्छ । तर अर्थमन्त्रालय विश्वास गर्न लायक हुनुपर्छ । गत वर्ष नै हामीले देख्यौं । तमासा त भयो । अनि तमासा भएपछि कमसेकम त्यहाँ बेठिक भएको रहेछ भनेर स्वीकार्नु पर्छ र अब यस्तो गर्नु हुन्न भनेर सरकारले भन्न सक्यो ? सकेन ठीक गरेका छौं हामीले कोहि पनि गएको छैन् ,भित्र बस्दै निस्किदै गएको छैन ,बसेको भए पनि सुतेको छैन् सुतेको भय पनि खाएको छैन् । सबै गरे पनि बजेट हेरेको छैन् । गरेको भए पनि लेखेको छैन् । यस्तो तर्क बलजफ्तीको पनि हद हुन्छ नि ? सत्ता पक्षले केही पनि भएको छैन सबै ठीक छ हामीसंग बहुमत छ पास रे । पोहोर त पास भयो परिणाममा पास भयो कि फेल भो हजुर । सत्ता पक्षलाई सोध्दै छु आज बजेट पास भो कि फेल भो । फेल मात्र हैन जिरो भयो । ’
अध्यक्ष ओलीले बजेट प्रस्तुतिमा विचौलिया पस्ने, आर्थिक क्रियाकलापमा विचौलिया पस्ने, न्यायमा विचौलिया पस्ने, सेवा सुविधाका कुरामा विचौलिया पस्ने जस्ता कुरालाई किन नियन्त्रण गर्न सकेका छैनौं भन्ने प्रश्न पनि गरे ।

















