Dhulikhel Eco Banner new

वैशाखसम्ममा भित्रियो १० खर्ब ५ अर्ब रेमिट्यान्स

5.67K
shares

काठमाडौं, २६ जेठ । पछिल्लो समय मासिक रेमिट्यान्स २३ दशमलदव ४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्म कुल १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशत मात्रै बढेको थियो । त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ ।

वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतल ेवृद्धि भई ४ लाख २१ हजार २७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बैशाखसम्म ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो ।

वैशाख सम्ममा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई रु.११ खर्ब १०अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।