Dhulikhel Eco Banner new

अर्थमन्त्री महतले प्रतिनिधि सभामा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक छलफलका लागि पेश गर्ने

4.75K
shares

काठमाडौं, १७ असार । प्रतिनिधिसभा बैठक आज बस्दैछ । आज संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुने र सो विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार, अर्थमन्त्री डा. प्रकाश शरण महतले आजको बैठकमा आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव र राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम द्वारा जारी कार्यसूची अनुसार,उक्त विधेयक (राष्ट्र ऋण उठाउने विधेयक २०८०) माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव समेत महतले पेश गर्ने उल्लेख गरिएको छ ।