Dhulikhel Eco Banner new

मौद्रिक नीतिमार्फत मात्रै अर्थतन्त्र सुधार गर्न सकिदैन : गभर्नर अधिकारी

4.75K
shares

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका समस्याको कारण अर्को निकायलाई देखाएर कसैले पनि आफू पन्छिन नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीतिमार्फत मात्रै अर्थतन्त्र सुधार गर्न नसकिने बताएका हुन् ।

‘बैंक वित्तीय संस्थाको खराब कर्जा केही बढेको छ । अन्यथा उनीहरुको नियमन र अनुगमनमा राष्ट्र बैंक जिम्मेवारीका साथ लागेको छ’, गभर्नर अधिकारीले भने, ‘अहिले जसले काम नगरे पनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाइने गरेको छ । काम कोही पनि नगर्ने तर दोष मौद्रिक नीतिलाई दिएर मात्र उम्कने प्रवृत्ति छ ।’ कुनै बैंक तथा वित्तीय संस्थाले ऋणीसँग बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन पनि गभर्नर अधिकारीले अनुरोध गरेका छन् ।

बैंकले बढी ब्याज लिएको पाए राष्ट्र बैंकले फिर्ता गराउने प्रतिबद्धतासमेत उनले जनाए। अधिकारीले गत आर्थिक वर्षमा बैंक वित्तीय संस्थाले बढी लिएको ४ अर्ब ७६ करोड बराबर ब्याज फिर्ता गराएकोसमेत स्मरण गराए। बजेटमा भएका कुरालाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहयोग गर्ने पनि गभर्नर अधिकारीले स्पष्ट पारे ।