वागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
वि.सं.२०७९ जेठ १६ सोमवार १०:४५
shares

काठमाडौं, १६ जेठ । आज (सोमवार) वागमती प्रदेश सभाको बैठक बस्दैछ । बैठकमा वागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
बैठक दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेशप्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रश्तुत गर्नुहुनेछ । त्यस्तै आजै बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नीत तथा कार्यक्रमको प्रति टेबल गर्नेछन् ।
मंगलवार नीति तथा कार्यक्रममाथि छलफल हुनेछ भने बुधवार सांसदले उठाएको प्रश्नको जवाफ दिने र प्रदेशसभाबाट नीति तथा कार्यक्रमलाई पारितका लागि निर्णयार्थ प्रस्तुत गरिने छ ।

















