Dhulikhel Eco Banner new

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने विश्वबैंकको प्रक्षपण

4.68K
shares

काठमाडौं, २६ जेठ । विश्वबैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षपण गरेको छ । विश्व बैंकले सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धि दर प्रक्षेपण गर्ने क्रममा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने बताएको हो ।

विश्व बैंकले सम्भावित आर्थिक मन्दी, आकाशिएको मुद्रास्फीतिलाई ध्यानमा राख्दै विश्वव्यापी आर्थिक वृद्धि दर २.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसैगरी दक्षिण एसिया क्षेत्रका देशहरुको आर्थिक वृद्धि दर ६.८ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ ।

सन् २०२१ मा दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि दर ७.६ प्रतिशत रहेको थियो । श्रीलंकाले सबरेन बन्ड भुक्तानी गर्न नसक्नु, नेपाल र पाकिस्तान जस्ता देशहरुको विदेशी सञ्चितिमा कमी आउनु, चालु घाटा बढ्दै जानु र रुस–युक्रेन युद्धका कारण खाद्य तथा इन्धनको मूल्य वृद्धि हुँदै जानुले दक्षिण एसियाको आर्थिक वृद्धि दर ६.८ प्रक्षेपण गरिएको छ ।

कोभिड–१९ का कारण माग र आपूर्तिबीचको बढेको दूरी हालै रुसले युक्रेनमा आक्रमण गरेपछि झन् बढेको छ । मूल्यवृद्धि आकाशिएको छ । मूल्यवृद्धि नियन्त्रण गर्न विभिन्न विकसीत तथा विकासोन्मुख राष्ट्रका केन्द्रीय बैंकहरुले औसत ब्याजदर वृद्धि गरेपछि विश्व आर्थिक मन्दीको बाटोमा जान्छ कि भन्ने टिप्पणी विज्ञहरुबाट आउँदै गरेका छन् ।