Dhulikhel Eco Banner new

आठ महिनामा ४७ करोड रुपैयाँको लेज, कुर्कुरे, कुर्मुरे र चीजबल आयात

2.31K
shares

काठमाडौं, ९ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा ४७ करोड बराबरको लेज कुर्कुरे आयात भएको छ । सो अवधिमा ४७ कारेड ३ लाख ८० हजार रुपैयाँको ८९३८२० किलो लेज, कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको भन्सार विभागले जनाएको छ ।

उक्त परिमाणमा लेज कुर्कुरे आयात हुँदा २९ करोड ३९ लाख ८४ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

उक्त आयातमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ३६ करोड ४७ लाख ४९ हजार रुपैयाँको ७८५०७० किलो लेज, कुर्कुरे, कुर्मुरे र चीज बल आयात भएको छ ।

यसैगरी मलेसियाबाट ८ करोड १५ लाख २० हजार रुपैयाँको, दक्षिण कोरियाबाट ९९ लाख ३५ हजार रुपैयाँको, चीनबाट ५१ लाख ३२ हजार रुपैयाँ, भियतनामबाट ४० लाख ७८ हजार रुपैयाँको आयात भएको छ । यस्तै अमेरिकाबाट ५ लाख ६५ हजार रुपैयाँको, मेक्सिको बाट ३ लाख ५९ हजार रुपैयाँको टर्कीबाट २५हजार रुपैयाँको र अन्य मुलुकबाट ४० लाख १६ हजार रुपैयाँको आयात भएको उल्लेख छ ।