Dhulikhel Eco Banner new

सामाजिक सञ्जालमा बालेनको चर्को आलोचना

7.64K
shares

काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । र्‍यापर एमबुद्धको सालिक बनाउनका लागि महानगरपालिकाले बजेट छुट्याए पछि अहिले उनको आलोचना भइरहेको हो ।

सामाजिक सञ्जालमा आत्महत्या गर्नेको पनि सालिक बनाउने, देश छाडेर लण्डन बस्न गएर आत्महत्या गरेको एक मान्छेको लागी साललिक बनाउनका लागि सरकारी पैसा खर्च गर्नु गलत भएको एक फेसबुक प्रयोगकर्ताले लेखेका छन । त्यस्तै अर्का फेसबुक प्रयोगकर्ताले राजाले राजाको सालिक ठड्याए, नेताले नेताको । अब र्‍यापरले र्‍यापरको सालिक ठड्याउने समय आयो भन्दै व्यङ्ग्य गरेका छन् ।

महानगरपालिकाले यमबुद्धको सालिक निर्माणका लागि करिब १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले अहिलेको विषम परिस्थितिमा सालिक बनाउनेभन्दा पनि अन्य सामाजिक क्षेत्रमा खर्च गर्नु पर्ने आवाज उठाएका छन् ।