Dhulikhel Eco Banner new

लामखुट्टेले टोकेर विमान चालकको मृत्यु

6.88K
shares

काठमाडौं, २५ असार । बेलायतमा एक महिला प्रशिक्षार्थी विमान चालकको लामखुट्टेले टाकेका कारण मृत्यु भएको छ । बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिन पछि मृत्यु भएको हो ।

उनलाई लामखुट्टेले दाहिने आँखामा टोकेको थियो । टोकाइपछि उनको आँखा सुन्निएको थियो र यसमा संक्रमण भएपछि अस्पतालको इमर्जेन्सीमा लगिएको थियो । सफोल्ककी बासिन्दा उनलाई अस्पतालले एन्टिबायोटिक्स दिएर घर पठाएको थियो । यद्यपि, अस्पताल गएको दुई दिनपछि उनी बेहोस भएपछि उनका प्रेमीले पुनः अस्पताल लगेका थिए ।

उनको लामखुट्टेले टोकेको पाँच दिनमा निधन भएको थियो । त्यतिबेला अस्पतालले उनको मृत्युको कारण मस्तिष्कमा सेप्टिक एम्बोली बताएको थियो । स्ट्याफाइलोकोस एरियस नामक ब्याक्टेरियाको संक्रमणले रक्तनलीमा अवरोध हुँदा मस्तिष्कमा सेप्टिक एम्बोली हुन्छ । विशेषगरी निधारमा किराले टोक्दा यस्तो अवस्था निम्तिन्छ ।