Dhulikhel Eco Banner new

नयाँ अर्थमन्त्रीको सपथ साढे ५ बजे

4.98K
shares

काठमाडौं, १५ साउन । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

२५ दिन पछि पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्किन लागेका शर्मालाई साँझ साढे ५ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुले प्रवेश पाएको विषयमा विवादित बनेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मा सोही जिम्मेवारीमा कम ब्याक गर्न लागेका हुन् । संसदीय छानबिन समितिले शर्मालाई सफाइ दिँदै प्रतिवेदन बुझाएको थियो ।