Dhulikhel Eco Banner new

‘सही एजेण्डा भएकाले जनाताको भरोसा छ, निर्वाचन जित्छु’

4.24K
shares

काठमाडौं, ८ कात्तिक । डोटीबाट प्रतिनिधि सभामा उम्मेदावर बनेकी नेकपा एमालेकी उम्मेदवार गौरी कुमारी ओलीले आफू निर्वाचन जित्ने दाबी छिन् । डोटेली जनाताको आशा र भरोसा एमालेमा भएकाले प्रतिनिधि सभामा आफूले जित्ने उनले दाबी गरेकी हुन् ।

प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा एमालेको जित निश्चत रहेको उनको भनाइ छ । प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा एमालेका उम्मेदावर बिजयी हुने उनको दाबी थियो । एमाले पोलिटब्यूरो सदस्य तथा डोटी इञ्चार्जको जिम्मेवारीमा समेत रहेकी ओलीले भनिन्, ‘राष्ट्रियता र देशको विकासका लागि एमालेले खेलेको भूमिकाका कारण जनाताको भरोसा एमालेमा रहेको छ, जसका कारण हामी विजयी हुँन्छौँ ।’

सत्तारुढ गठबन्धनले देशलाई हानि मात्रै गरेको भन्दै देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नरहेको उनको भनाइ छ । डोटीबाट पहिलो महिला उम्मेदवार बनेकी ओलीले महिलाको सम्मानका लागि पनि आफूलाई भोट हाल्ने दाबी गर्छिन् ।

यो पटकको चुनावमा उनका प्रतिस्प्रर्धिको रुपमा उनका पूर्व सहकर्मी पूर्व मन्त्री प्रेम आले रहेका छन् । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजबादीका नेता आले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी २०७४ सालको चुनावमा बाम गठबन्धनबाट विजयी भएका आले अहिले अर्को गठबन्धनमा रहेका छन् ।

यी बाहेक स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्का र अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशी पनि चुनावी मैदानमा रहेका छन् ।
डोटीको (साविक घण्टेश्वर गाउँ विकास समिति वडा नम्बर ३) जोरायल गाउँपालिका–१ घण्टेश्वरको निकाने गाउँमा वि.सं. २०३० सालमा जन्मीएकी ओली २०४६ सालमा एमाले निकट विद्यार्थी संगटन अनेरास्ववियु र जनसांस्कृतिक मञ्चको सदस्यहुदै राजनीतिमा सक्रिय भएकी हुन् । ओलीले स्नातकोत्तर (एम.ए.) सम्मको अध्ययन पुरा गरेकी छन् ।

ओली २०४८ सालमा डोटीको जोरायलमा रहेको घण्टेश्वर माध्यमिक विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटि सदस्य तथा २०४९ सालमा सम्पन्न अनेरास्ववियुको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सदस्यमा उनी निर्वाचित भएकी थिइन् । २०५१ सालमा सम्पन्न अनेरास्ववियुको दोश्रो जिल्ला सम्मेलनबाट जिल्ला कमिटि कोषाध्यक्ष निर्वाचित हुँदै अनेरास्ववियुको १२ औं र १३ औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधी बनिन् ।

उनले वि.सं. २०५३ सालमा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) डोटीको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालिन् । त्यसपछि २०५५ सालमा अनेमसंघको चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएर सेती अञ्चलको इञ्चार्जको समेत जिम्मेवारी सम्हालिन् । त्यस्तै २०५९ मा सम्पन्न अनेमसंघको पाँचौं राष्ट्रिय सम्मेलनबाट पुनः केन्द्रिय सदस्यमा निर्वाचित एवं स्थायी कमिटि सदस्य बनिन् भने २०६९ मा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवको जिम्मेवारी पाईन् । अहिले ओली अनेमसंघको सुदूरपश्चिम प्रदेशको प्रमुखको रुपमा पनि रहेकी छन् ।