Dhulikhel Eco Banner new

सांसद भएर समस्या सुनाउँछु, मन्त्री बने समस्या समाधान गर्छु : राप्रपा सह–महामन्त्री रिमाल

7.7K
shares

काठमाडौं, २८ कात्तिक । चुनाव आउन अब ६ दिन मात्रै बाँकी रहेको छ । पार्टी तथा उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्नका लागि अन्तिम कसरतमा रहेका छन् । चुनावमा जनताको मत जितेर नेतृत्वमा जाने कुरा संसदीय राजनीतिको सुन्दर पक्ष हो । पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति जनाताको विश्वास टुट्दै गएको छ । तर राजसंस्था पुन स्थापना गर्नु पर्छ भन्ने मुल नारा बनाएका राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो समय आफूलाई वैकल्पीक शक्तिभएको दाबी गरिरहेको छ । चुनावको सन्दर्भमा राप्रपाका सह महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार प्रकाश रिमालसँग गरिएको कुराकानीको सम्पादित अंश :

चुना आउन केही दिन मात्रै बाँकी छ, तपाईको चुनावको तयारी कस्तो भइरहेको छ ?

राप्रपा अहिले देशको वैकल्पिक शक्तिका रुपमा देखा परेको छ । हामी अहिले जनाताको घर दैलोमा गइरहेका छौँ । जनताले गरेको आथित्यताले पनि हामी वैकल्पिक शक्ति हौँ भन्ने प्रमाणित गरेको छ । राप्रपाप्रति जनताको उत्साह निकै छ । विगतका चुनावमा पनि कडा प्रतिपस्र्धा हुने गरेको थियो । यो पटक जित्नेमा ढुक्क छौँ र सोही अनुसार तयारी पनि भइरहेको छ ।

जनताको सद्भाव र माया पाइरहेकाले यो पटकको चुनावमा जित्नेमा विश्वस्त छौँ ।

काठमाडौं क्षेत्र नम्बर ८ का जनताका आवश्यकताहरु के–के देख्नु भयो ?

यो क्षेत्र निकै महत्वपूर्ण क्षेत्र हो । धार्मीक रुपमा पनि यो महत्वपूर्ण क्षेत्र हो । बसन्तपुर देखि सित्तापाइलासम्मको क्षेत्र समेटिएको यो क्षेत्र सबै हिसाले महत्वपूर्ण छ । धार्मीक र ऐतिहासिक सम्पदाहरु रहेको यो क्षेत्रका जनाताले सम्पदाको संरक्षण हुनु पर्ने कुरा उठाइरहेका छन् ।

विगतमा ल्याइएको गुठी विधेयक ल्याएर सम्पदा ध्वस्त पार्न खोजिएको भन्दै यो क्षेत्रका जनताले धर्म मान्ने नीति र नेतृत्वलाई स्थापित गर्न खोजेका छन् । त्यस बाहेक यो क्षेत्रका जनताले सडक, खानेपानी, स्वास्थ्यका समस्या राख्ने गरेका छन् । जुन सबै क्षेत्रमा यथावत रहेको छ ।

यो क्षेत्रको लागि तपाईको एजेण्डा के हो ?

यो क्षेत्रमा विभिन्न समस्याहरु रहेका छन् । टोल टोलमा सडक, खानेपानी, शिक्षा स्वास्थ्यका समस्या छन् । यो अवस्था आउनुको कारण सम्बन्धित ठाउँमा यो समस्या पुग्न नसक्नु हो । तसर्थ म चुनाव जितेपछि यो क्षेत्रका समस्याहरुलाई नीतिगत रुपमा समेट्ने छु । त्यस्तै सम्बन्धित निकायमा समाधानका लागि पहल गर्ने छु ।

सम्पदाको संरणक्ष गर्नेदेखि लिएर समस्याहरु समाधानका लागि पहल गर्ने नै मुख्य एजेण्डा हुन मेरा । त्यस्तै सांसदले पुरा गर्न नसक्ने भएकाले आश्वासन दिने काम होइन् । तर सांसदले सम्बन्धित निकायमा पु¥याउने हो त्यो काम म गर्छु ।

सांसदको काम सडक बनाउने हो वा नीति निर्माण गर्ने हो ?

सांसदको काम नीति निर्माण गर्ने हो । सांसदले बजेट बाड्ने होइन् । स्थानीय तहले विकास गर्ने हो । सांसदले नीति बनाउने नै हो । हाम्रोमा तीन तहको सरकारको अभ्यास छ । हामीले त प्रदेश राखेज गर्नु पर्छ भनेका छौँ । त्यसैले स्थानीय तह सुदृढ हुनु पर्छ ।

स्थानीय तहले विकास निर्माणको नेतृत्व गर्नु पर्छ । स्थानीय तहले नसकेको विकास निर्माणको काम संघीय सरकारले गर्नु पर्छ । सांसदले केन्द्र र स्थानीय तहबीच पुलको काम गर्नु पर्ने हो । एउटा सांसदले संसदमा गएर गर्न सक्ने भनेको जनताका भावना र आवश्यकताका विषयमा सम्बन्धित निकायमा जानकारी गराउने हो । अहिले त सांसद हुने अनि जसरी पनि मन्त्री हुने किसिमको परिपाटी देखियो । यो विकृति हो ।

सांसदलाई नीति निर्माणमा मात्रै केन्द्रीत गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा छ हाम्रो । अहिले सांसद विकास कोष मार्फत रकम दिने कुरा गलत हो । सांसदले मन्त्री नहुने र उनीहरुलाई नीति निर्माणमा मात्रै केन्द्रीत गराउनु पर्छ ।

कार्यकारी प्रधानमन्त्री हुँदा उसले सरकार चलाउँछ । अनि पूर्ण समानुपातिक सांदको कुरा हामीले गरेका छौँ । जसले नीति निर्माण गर्ने काम गर्छ ।

राप्रपाले सरकार बनाउने सम्भावना कत्तिको छ ?

अहिले हामी वैकल्पीक शक्ति निर्माणको संकल्पका साथ अघि बढीरहेका छौँ । अहिलेका व्यवस्थालो १० खर्बको आम्दानी अनि १६ खर्बका खर्चले देश कसरी चल्छ । यो व्यवस्थाले नेता पाल्ने मात्रै बन्यो । ऋण र अनुदानबाट देश कहिलेसम्म सञ्चालन गर्ने । ऋण थपिदै जाने अवस्था भयो ।

हामीले खर्च घटाएर काम गर्नु पर्छ भनेका छौँ । जसका लागि प्रदेश खारेज गर्नु पर्छ । खर्च कम भए पछि काम गर्न पनि सहज हुने भयो । यसका लागि हामीले स्थानीय तहलाई बलियो बनाउनु पर्छ भन्ने कुरा गरिरहेका छौँ । यसका लागि राप्रपालाई जिताएर पठाउनु पर्ने अवस्था रहेको छ । यी सबै काम गर्नका लागि पनि राप्रपाको जित आवश्यक छ । जनताले जिताए पठाएमा सरकार बनाउने र राजेन्द्र लिङदेन प्रधानमन्त्री बन्नु हुन्छ ।

तपाइको चुनाव क्षेत्रमा बहालवाला मन्त्री समेत उम्मेदवार रहेको अवस्थामा तपाइले आफ्नो प्रतिपस्र्धी कसलाई मान्नु हुन्छ ?

मैले यो क्षेत्रमा आफ्नो प्रतिपस्र्धी कोही पनि देखेको छैन् । तपाइले भनेको बहालवाल मन्त्रीसँग यो क्षेत्रका जनाता सन्तुष्ट छैनन् । उहाँ चुनाव जितर जसरी पनि मन्त्री बन्नका लागि नै लाग्ने हो । त्यसैका लागि उहाँहरुले पार्टी फुटाएको हो ।

अहिले उहाँको संगठन पनि यो क्षेत्रमा नभएको अवस्थामा उहाँ मेरो प्रतिपस्र्धी नै होइन् । अरु उम्मेदवार दुई–तीन नम्बरका लागि प्रतिपस्र्धी होलान तर मेरो प्रतिपस्र्धी कोही छैन् ।

राप्रपाले राजसंस्थालाई पुर्नरस्थापित गर्ने भनिएको छ । अनि कार्यकारी प्रधानमन्त्री भन्दा अलि नमिल्लो भयो की ?

यो सारै मिलेको कुरा हो । अभिभावको रुपमा राजसंस्था, अनि सबै जनताले चुनेको व्यक्ति प्रधानमन्त्री योभन्दा मिलेको कुरा केही हुन सक्दैन् । हामीले राजतन्त्र भनेको होइन राजसंस्था भनेको हो ।

प्रजातन्त्रलाई सुदृढ गर्नका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिएको हो । एउटा क्षेत्रबाट जितेको व्यक्ति प्रधानमन्त्री बन्दा बजेट जति त्यो क्षेत्रमा मात्रै थुप्रीने गरेको छ । सबैबाट निर्वाचित भएर आएको व्यक्ति भए सबै जनताप्रति जबाफदेहि बन्ने भयो ।

एउटा चुनाव क्षेत्रबाट जितेर आउने अनि प्रधानमन्त्री बनेपछि अर्बौ खर्च गरेर पुनः चुनाव जित्ने कुरा बाहेक अरु केही पनि भएन् । यसलाई रोक्नका लागि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक छ ।

देशको आर्थिक अवस्थाले संघीयता धान्न सकेन भनेर सबैले भनिरहेका छन् । तर पार्टीले संघीयता खारेजीलाई मुख्य एजेण्डा बनाउन किन नसकेका होलान ?

यो कुरा हामीले उठाएका छौँ । प्रदेश खारेजी गर्नु पर्छ, गणतन्त्र हुँदैन र धर्म निरीपेक्षता पनि हुँदैन भन्ने कुरा राप्रपाले उठाएको छ । हामी कही पनि अलमलिएका छैनौँ । अरु पार्टी अलमलमा छन् ।
अरु पार्टीका नेताहरुले पनि यो प्रदेश, धर्म निरीपेक्षता ठिक छैन भनेका छन् । राप्रपाले भने निरन्तर रुपमा यी नेपालका लागि आवश्यक नरहेको बताउँदै आएको छ । यसलाई यो चुनावमा जनताले पनि स्वीकार गर्नु पर्‍यो ।

हिन्दु राष्ट्र हुनुपर्छ भनेर कांग्रेस कम्युनिष्टलाई भोट हालेर कसरी हुन्छ ? यसलाई परिवर्तन गर्नका लागि जनताले भोट परिवर्तन गर्नु पर्ने हुन्छ । हिन्दु राज्य चाहिन्छ भन्ने जनताले राप्रपालाई भोट हाल्नु पर्छ ।

राजेन्द्र लिङदेन सहि हो भन्ने जनताले मत परिवर्तन गर्नु पर्छ र त्यसका लागि जनताहरु तयार पनि रहेका छन् । पटक पटक परिक्षण भएका व्यक्तिहरुलाई जनताले फेरि पनि भोट हाल्छन जस्तो लाग्दैन ।