Dhulikhel Eco Banner new

काठमाडौंका १० स्थानमा मतगणा गरिने

5.32K
shares

काठमाडौं, ४ मंसिर । काठमाडौंका विभिन्न १० स्थानमा मतगणना गरिने भएको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा फरक फरक १० स्थानमा गरिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको हो ।

सबै मतगणना स्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनम केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने छ ।

त्यस्तै क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हलमा गरिने छ । क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

अहिले मतपेटिका संकनको कार्य भइरहेको जिल्ला जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले बताए । आजैबाट मतगणना कार्य सुरु हुने पनि उनको भनाइ छ ।