Dhulikhel Eco Banner new

नवनिर्वाचित सांसदले लिए शपथ

4.81K
shares

काठमाडों, ७ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए ।

शपथ समारोमामा १७ जना सांसद भने अनुपस्थित भएका छन् । संसद सचिवालयका १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ । संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।