अडियोको आवाज मेरो हैन, मलाई फसाउन षड्यन्त्र रचियो : श्रेष्ठ
वि.सं.२०७९ चैत २७ सोमवार १८:१५
shares

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले २ करोड डिल गरेको अडियो बाहिरीएपछि यतिबेला उनको चौतर्फी बिरोध र आलोचना भैरहेको छ । भ्रष्टाचारको काण्डमा मुछिएपछि उनलाई पार्टीले निलम्बन गरेको छ ।
उनले व्यवसायी दुर्गा प्रसाईसंग आफु स्वास्थ्य मन्त्री बन्न लागेको र पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै २ करोड मागेका थिए । अडियो बाहिरीएपछि मिडियामा आएर श्रेष्ठले अडियोको आवाज आफ्नो नभएको बताएका छन् । यसका साथै आफुलाई फसाउन षड्यन्त्र भएको र आफै न्यायलय गएर मुद्धा दिने बताएका छन् ।
उनी भन्छन्, ‘त्यो आवाज मेरो हैन मलाई फसाउन र पार्टी बदनाम गराउन कसैले सुनियोजित षड्यन्त्र रचेको छ । यसको चाँडो अनुसन्धान हुनुपर्छ । म आफै न्यायलय गएर मान हानिको मुद्धा दिन्छु ।’
अडियो सार्वजनिक भए पश्चात पार्टी सभापति रवि लामिछानेले श्रेष्ठलाई निलम्बन गरेसंगै सत्यतथ्य छानबिन गर्न ७२ घण्टाको अल्टिमेटम समेत दिएका छन् ।



















