Dhulikhel Eco Banner new

प्राप्त मत नै अठोट पुरा गर्ने बलियो सहारा हो : उपमेयर डंगोल

5.08K
shares

काठमाडौं, १३ जेठ । संघिय राजधानी रहेको काठमाडौं महानरपालिकाको उपमेयरमा विजयी भएकी सुनिता डंगोलले आफूले प्राप्त मतलाई सहाराको रुपमा लिएको बताएकी छिन् । उनले शुक्रबार सामाजिक सञ्चालमा लेख्दै मतदातालाई धन्यबाद दिदैँ आफूले पाएको मतले थप जिम्मेवार बनाएको उनले बताएकी हुन् ।

‘काठमाडौँ महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने एजेण्डाप्रति विश्वास गरी यहाँका मतदाताले विजयी गराउनु भएको छ । हो, म एमालेको तर्फबाट उम्मेदवार भएर निर्वाचनको मैदानमा थिएँ । अहिले तपाईँहरुले मप्रति देखाएको अपार विश्वासका कारण उपमेयर पदमा निर्वाचित भएकी छु । तपाईंहरुले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहाराका रुपमा लिएकी छु,’ उनले लेखेकी छन् । युवाप्रति अथाह भरोसा गरेर काठमाडौँ जस्तो महत्वपूर्ण महानगरपालिकामा काठमाडौँ महानगरवासी मतदाताले मलाई विजयी गराउनु भएको छ । त्यसैले यो तपाईंहरुको विश्वासलाई शीरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहान्छु डंगोलले भनेकि छिन् ।

निर्वाचनपछि मतगणना सम्पन्न भई परिणाम प्राप्त भएसँगै जित–हारको मनोविज्ञानलाई त्यहि अन्त्य गर्न म यहि अपिल मार्फत सबैमा आग्रह गर्दछु । जित–हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने प्रण पनि व्यक्त गर्न चाहन्छु । मैले मेरो जितमा उत्साहित हुनेभन्दा पनि तपाईंहरुले म माथि गरेको परीक्षामा सफल हुनै पर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको अनुभूति बढी गरेकी छु । तपाईंहरुले मलाई विश्वास गरेर हरेक मतपेटिकामा खसालेका मतपत्रलाई मैले मेरो पाँच वर्षे कार्यकालका लागि दिएको कार्यभारका रुपमा ग्रहण गरेकी छु । म मेरो कार्यकालमा तपाईंहरुले दिनुभएका कार्यभारहरु इमान्दारिताका साथ कर्तव्यनिष्ठभई पूरागर्न लागि पर्नेछु । उनको भनाई छ ।