Dhulikhel Eco Banner new

शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.34K
shares

काठमाडौं, १७ फागुन । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.२७ अंकले बढेर २,६७४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा हिमस्टार उर्जाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ४.१६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कपोरेट विकास बैंकका लगानीकर्ताले ३.६१ प्रतिशतका दरले गुमाएका छन् भने मेगा म्युचल फन्डका लगानीकर्ताले २.९४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि मोलुङ हाइड्रोपावरका लगानीकर्ताले २.८६ प्रतिशतका दरले गुमाएका छन् भने विन नेपाल लघुवित्तका लगानीकर्ताले २.२३ प्रतिशतका दरले गुमाएका छन् ।