Dhulikhel Eco Banner new

सातामा नेप्से करिब ९ प्रतिशतले बढ्यो

6.19K
shares

काठमाडों, १८ असार । नेप्से परिसूचक यो साता करिब ९ प्रतिशतले बढेको छ । नेप्से गत साताको भन्दा ८.९५ प्रतिशतले बढेर २०२८.७७ विन्दुमा पुगेको हो ।

गत हप्ता १८६२.०६ विन्दुमा बन्द भएको नेप्से, यो साता १६६.७१ अंक बढेर २०२८.७७ विन्दुमा पुगेको छ । सातामा कारोबार हुने ट दिनमध्ये ३ दिन उल्लेख्य मात्रामा बजार बढेको थियो । बाँकी तीन दिने भने बजार ओरालो लागेको थियो । यस साताको पहिलो दिन आइतबार नेप्से उच्च अंकले बढेको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स २३.७४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ११.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.१९ अंक बढेको छ ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा १ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साता दैनिक औषतमा १ अर्ब ९४ करोडको शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३९.५० प्रतिशत बढेको हो । त्यसैगरी, यस साता देनिक औषत कारोबार संख्या ३०.६२ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या २०.४० प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण २ खर्ब बढेको छ । गत साता २६ खर्ब ५४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता बढेर २८ खर्ब पुगेको छ । यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ भने बैंकिङ्गको सबैभन्दा कम बढेको छ ।

गत साता १५५४.५८ विन्दुमा रहेको व्यापार उपसमूहको परिसूचक यस साता ३३१.७३ अंक बढेर १८८६.३१ विन्दुमा पुगेको छ । त्यसैगरी, गत साता १३१७.४८ विन्दुमा रहेको यस उपसमुमहरुको परिसूक, यस साता ५४.७४ अंक बढेर १३७२.२२ विन्दुमा पुगेको छ । अंकका आधारमा भने जीवन बीमा उपसमुहको परिसूचक सबैभन्दा बढी ९६७.१६ अंक बढेर ९९३५.६६ विन्दुमा पुगेको छ ।

यस साता सीवाईसी नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ७७.१ प्रतिशत बढेको छ । त्यसैगरी, यस साता आँधीखोला लघुवित्तको ३८.१९ प्रतिशत बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ३३.७२ प्रतिशत बढेको छ । यस साता दुई स्टकको मात्र मूल्य घटेको छ । कारोबारमा आएको ग्रामीण विकास लघुवित्त र लक्ष्मी बैंकको मात्र शेयरमूल्य यस साता घटेको हो ।