उच्च अंकले बढेको शेयर बजारमा यी ३ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ चैत २३ सोमवार १५:२४
shares

काठमाडौं, २३ चैत । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ८३.३३ अंकले बढेर २,७६० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन १० अर्ब ९२ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमारिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले १.६० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी नारायणी विकास बैंकका लगानीकर्ताले १.२३ प्रतिशतका दरले गुमाएका छन् भने भगवती जलविद्युत विकास कम्पनीका लगानीकर्ताले ०.६९ प्रतिशतका दरले गुमाएका छन् ।


















