Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

1.47K
shares

काठमाडौं, २२ जेठ । शुक्रवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.३७ अंकले घटेर २७५५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६२ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.७१ प्रतिशतका दरले कमाएका छन् भने लक्ष्मी बैंक डिभेन्चरका लगानीकर्ताले ७.७० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बेस्ट फाइनान्स कम्पनिका लगानीकर्ताले ७.५५ प्रतिशतका दरले कमाएका छन् भने सिटी होटल लिमिटेडका लगानीकर्ताले ७.०६ प्रतिशतका दरले कमाएका छन् ।