Dhulikhel Eco Banner new

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

5.66K
shares

काठमाडौं, २४ । सानिमा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद आज अन्तिम दिन रहेको छ । बैंकले असार १० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज (असार २४ गते) अन्तिम दिन रहेको छ ।

बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

सोमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमा कुनै सामूहिक लगानी कोषबाट आवेदन प्राप्त भएको छैन । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।