१० कित्ते नीति खारेज गर्न पौडेलको माग
वि.सं.२०७९ असार २९ बुधवार १५:०१
shares

काठमाडौं, २९ असार । पुँजी बजारका ठूला लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले १० कित्ते नीति खारेज गर्नु पर्ने बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) ले आयोजना गरेको मौद्रिक नीतिमाथिको अन्तक्रिया कार्यक्रममा उनले १० कित्ते नीति खारेज गर्न माग गरेका हुन् ।
बजारमा जोखिम बढीरहेको भन्दै यो सबैका लागि नभएको उनको भनाइ छ । ‘आफूले यसो भन्दा मैले गाली खाएको छु,’ उनले भने । शेयर बजारमा आरक्षण दिने नीति समेत बेठिक रहेको उनको भनाइ छ ।
पौडेलले पछिल्लो समय सरकारले वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेहरुको लागि समेत आइपीओमा आरक्षण दिन लागेको भन्दै विरोध जनाएका छन् । पुँजी बजारबाट पैसा कमाइ हुन्छ, जोखिम पनि निकै हुन्छ त्यसलाई बुझेर मात्रै लगानी गर्नका लागि उनले आग्रह गरे ।















