Dhulikhel Eco Banner new

पुँजी बजारमा हरियाली, नेप्से करिब ६० अंकले उकालो लाग्यो

5.14K
shares

काठमाडौं, २९ असार । बुधबार पुँजी बजार करिब ६० अंकले उकालो लागेको छ । कारोबार हुने हप्ताको चौथो दिन नेप्से परिसूचक ५९ दशमलव ५४ अकले बढेर १९८६ दशमलव ८२ अंकमा पुगेको हो ।

अघिल्लो दिन पनि सामान्य सुधार देखिएको बजारमा बुधबार हरियाली छाएको हो । नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १२ दशमलव ४२ अंकले बढेर ३८१ द्यशमलव ३७ विन्दुमा पुगेको छ । बुधबार २२५ कम्पनीका ३२ हजार ७८२ शेयर कारोबारबाट २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको छ ।