GBIME

९ दिन पछि पुँजी बजार ओरालो, ५ अंकको गिरावट

1.82K
shares

काठमाडौं, ५ साउन । शेयर कारोबार हुने हप्ताको पाचौँ दिन शेयर बजारमा गिरावट आएको छ । बिहीबार ५ दशमलव ८७ अंकले घटेर २०४४ दशमलव ७२ अंकमा पुगेको हो ।

बिहीबार २२५ कम्पनीका ३९ लाख ८ हजार ३९५ कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बिहीबार २७ हजार ५२२ कारोबारबाट १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम र कारोबार संख्याका हिसाबले यो अघिल्लो दिनको भन्दा कम हो ।

यता क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि झिनो अन्तरले घटेको छ । सेन्सेटिभ इन्डेक्स ० दशमलव ८६ अंकले घटेर ३९१ दशमलव ६४ अंकमा पुगेको छ ।