Dhulikhel Eco Banner new

निजी क्षेत्रद्धारा नयाँ स्कट एक्सचेन्जको माग

7.38K
shares

काठमाडौं, ६ साउन । निजी क्षेत्रले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिनका लागि माग गरेको छ । नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि नेपाल धितोपत्र बोर्डलाई दिएको सुझामा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि अनुमिति दिनु पर्ने माग गरिएको हो ।

हाल सञ्चालनमा रहेको स्टक एक्सचेन्जले सञ्चालनको लामो अवधिमामा समेत बजारको आवश्यकता अनुसार पूर्वाधार विकास गरी कारोबार प्रणालीलाई चुस्त दुरुस्त बनाउन नसकेको भन्दै छुट्टै एक्सचेन्जको माग गरिएको हो ।

पुँजी बजारलाई समस्या रहित, सहज, सरल, विविध प्रकारका धितोपत्र कारोबार गर्न नसक्दा सम्पूर्ण धितोपत्र बजारको विकासमा प्रतिकुल असर परिरहेकाले यसको निजीकरण तथा सशक्तीकरण गर्नु पर्ने चेम्बरको माग छ । यसो गर्दा व्यापक सहभागिता रहने र अन्तराष्ट्रिय स्तरको सुशासन मापदण्ड अनुसारको अर्को स्टक एक्सचेन्जको आवश्यकता रहेको रहेको भन्दा अनुमतिका लागि निजी क्षेत्रले माग गरेको हो ।

यसका साथै दीर्घकालीन रुपमा बैंकिङ क्षेत्रको कुल कर्जामा सूचीकृत धितोपत्रमा दिइने कर्जाको सीमा, धितोपत्रको मूल्यमा कर्जाको सीमा तथा कर्जा प्रयोजनका लागि औषत धितोपत्र मूल्य गणना विधि तथा यस्तो कर्जामा जोखिम भारका सम्बन्धमा गहन अध्ययन गरी उपयुक्त हुने तथा कहिल्यै परिवर्तन गर्न नपर्ने नीति आत्मसाथ गर्नका लागि समेत चेम्बरले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।