मन्दाकिनी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ भदौ १ बुधवार १०:१०
shares

काठमाडौं, १ भदौ । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । मन्दाकिनीको ५८ लाख ८० हजार ३६९ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरेको ५ लाख ८८ हजार ३७ कित्ता, सर्वसाधारणका लागि निष्काशन गरेको ११ लाख ७६ हजार ७३ कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख १६ हजार २५९ कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०२ रुपैयाँदेखि ३०६ रुपैयाँ सम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । कारोबारको लागि कम्पनीलाई नेप्सेले एमएचएल स्टक टिकर प्रदान गरेको छ । आजदेखि यो कम्पनीको शेयर कारोबार पनि हुने छ ।


















