प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा
वि.सं.२०७९ भदौ ८ बुधवार १०:१०
4.85K
shares
shares

काठमाडौं, ८ भदौ । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र बैंकको सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
यसका साथै, बिक्री गर्ने संस्थापकहरुको नाम र बिक्री मूल्य समेत कम्पनी सचिवको कार्यालयमा बझ्न सूचनामा जनाएको छ ।















