Dhulikhel Eco Banner new

देउवा र ओली बीच भेटवार्ता, राजनीतिमा तरङ्ग

4.91K
shares

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवा र ओली बीचको भेटलाई निकै महत्वकका साथ हेरिएको छ ।

भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनमा सहमति जुट्न सकेको समयमा दुई नेताबीचको भेटले राजनीतिमा तरङ्ग ल्याएको छ ।