Dhulikhel Eco Banner new

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन

4.85K
shares

काठमाडौं, ९ भदौ । एनएमबि क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुल्ला गरेको म्युचुअल फण्डको इकाईमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । क्यापिटलले साउन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको म्युचुअल फण्ड एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ मा आवेदन दिन आज अन्तिम दिन हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई म्युचुअल फण्ड निष्काशन गरेको छ । निष्काशन गरिएको कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ । लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो । यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ । क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको छ ।