GBIME

गत सात साढे दुई प्रतिशतको गिरावट आएको शेयर बजार यो हप्ता कस्तो रहला ?

1.14K
shares

काठमाडौं, १९ भदौ । नेप्से परिसूचक गत साता साढे २ प्रतिशतले घट्यो । अघिल्लो हप्ता २०२२ दशमवल ६२ विन्दुमा रहेको शेयर बजार गत साता ५२ अंकले घटेर १९७० दशमलव ६२ विन्दुमा पुग्यो । यो अघिल्लो साताको भन्दा २.५७ प्रतिशतले गिरावट हो ।

गता साता ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक भएर बन्द भएसँगै, नेप्सेमा भारी गिरावट आएको थियो । गत साता सोमबार र मंगलबार बाहेक बाँकी ४ कारोबार दिनमा नेप्से नकारात्मक बन्द भएको थियो ।

यस अनुसार यस साता नेप्से ओरालो लागेमा १८०० विन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, उकालो लागेमा भने २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ । गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसलें गत साता नेप्सेमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ । साताका अन्तिम दुई कारोबार दिनमा नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, साप्ताहिक रुपमा भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ ।

नेप्से ओरालो लागेसँगै, गत साता भोल्युम पनि कमजोर देखिएको छ। गत साता दैनिक औषतमा १ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २६.४१ प्रतिशत कम हो । गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक ३.९५ प्रतिशत घटेको छ। अघिल्लो साता १७३६.३० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ६८.५३ अंक घटेर १६६७.७७ विन्दुमा झरेको छ ।