Dhulikhel Eco Banner new

चार कम्पनीका शेयरधनीले पाउँदैछन् तिहार अघि नै बोनस

5.56K
shares

काठमाडौं, २३ असोज । नेपालीहरुको महान चार्ड दशैँ सकिए लगते विभिन्न कम्पनीहरुले बोनस वितरण गर्ने भएका छन् । ती कम्पनीहरुले दशैँ र तिहारको बीचको समयमा आफ्नो शेयर धनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् ।

यो वर्षको तिहार १० कात्तिकमा परेको छ । तर नेपाल ल्युब आयल, सिटिजन्स बैंक, रुरु जलविद्युत परियोजना र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सो मितिभन्दा अघि नै लाभांश वितरण गर्ने भएका हुन् । ती कम्पनीहरुले सो मिति भन्दा अघि नै साधारण सभा बोलाएका हुन् ।

नेपाल ल्युब आयल, सिटिजन्स बैंक, रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण लागेको हो । तर, गुराँस लाइफले आव २०७६/७८ को मुनाफाबाट लाभांश दिन लागेको हो । लाभांश वितरणका लागि कम्पनीहरुले तिहारअघि नै साधारण सभा बोलाएका छन् । लाभांश पारितको मुख्य एजेण्डासहित नेपाल ल्यूब आयलले असोज २८ गते नै साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

यस्तै, लाभांश वितरणका लागि सिटिजन्स बैंकले आउँदो कात्तिक ४ गते साधारण सभा डोकेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ । बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफबाट १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।

साधारण सभाले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जानको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । त्यसैगरि, रु रु जलविद्युत परियोजना आउँदो कात्तिक ४ गते नै साधारण सभा बोलाएको छ । सभाले गत आव २०७८/७९ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने एजेण्डा राखेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यता, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३ प्रतिशत लाभांशलाई वितरणयोग्य बनाउन कात्तिक ४ गते साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।