Dhulikhel Eco Banner new

सडक आन्दोलनमा उत्रने लगानीकर्ताहरुको चेतावनी

6.12K
shares

काठमाडौं, २१ कात्तिक । शेयर बजारका लगानीकर्ताहरुका विभिन्न संगठनहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सोमबार विभिन्न ९ वटा संगठनले संयुक्त विज्ञप्ति जारी गरेर सडक आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

लगानीकर्ताहरुले ब्रोकर, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोकिएकोभन्दै आन्दोलन गर्ने जनाएका हुन् । केही स्वार्थी समूहले बाधा सिर्जना गरेकाले नयाँ स्टक एक्सचेञ्त तथा ब्रोकर लाइसेन्सको काम रोकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘लगानीकर्ताको माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारबाट अन्य निकायहरुद्धारा चालिएका कदमहरुमा केही स्वार्थी समुहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा ५४ लाख लगानीकर्ताको तर्फबाट सबै संघ संस्थाहरु सडकमा उत्रने अवस्था सिर्जना भयो,’ विज्ञप्तिमा भनिएको छ ।

पुँजी बजार जस्तो सम्बेदनशील क्षेत्रलाई खेलाचिको रुपमा नलिइ विगतका आन्दोलनमा राखिएका माग तथा सुझाब तथा ५८ बुँदे र १९ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नका लागि पनि आग्रह गरिएको छ ।
विज्ञप्ति