शेयर बजारमा हरियाली, ३३ अंकले बढेको परिसूचक २०८० विन्दुमा
वि.सं.२०७९ फागुन १० बुधवार १५:२०
shares

काठमाडौं, १० फागुन । बुधबार शेयर बजारमा हरियाली देखिएको छ । लगातार पाँच कारोबार दिनमा ओरोलो लागेको शेयर बजार बुधबार भने ३३ अंकभन्दा बढीले बढेको हो ।
बुधबार नेप्से परिसूचक ३३ दशमलव ५७ अंकले बढेको २०८० दशमवल ३८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १.६४ प्रतिशतले बढी हो । बुधबार २६९ कम्पनीका ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर कारोबारबाट १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ ६८ पैसाको कारोबार भएको छ ।
त्यस्तै बुधबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि हरियाली देखिएको छ । बुधबार सेन्सेटिभ इन्डेक्स ४ दशमवल ८० अंकले बढेर ३९६ दशमलव ३३ विन्दुमा पुगेको छ ।















