Dhulikhel Eco Banner new

नेशनल लाइफ इन्स्योरेन्स ३६ औँ वर्षमा प्रवेश

6.75K
shares

काठमाडौं, १० फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३६ औँ वर्षमा प्रवेश गरेको छ । फागुन १० गते कम्पनीदे आफ्नो ३५ वर्ष पुरा गरेर ३६ वर्षमा प्रवेश गरेको हो ।

कम्पनीले आफ्नो वार्षिक उत्वसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजन गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम संचालन गरिएको थियो । रक्तदान कार्यक्रममा कम्पनीका ५० जनाभन्दा बढी कर्मचारीले रक्तदान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले जानकारी दिए । यसका साथै कम्पनीले देशभरका २४ वटा बल तथा वृद्धाश्रममा रहेकाहरुलाई खाना प्रदान गरेको थियो । साथै कर्मचारीहरु बीचमा खेलकुदका विभिन्न कार्यक्रम पनि सम्पन्न गरिएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक गरिरहेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफावाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत साधारण सभाले पारित गरिसकेको छ ।

कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब हाराहरीमा रकम रहेको छ । आर्थिक वर्ष २०७७/०७८ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ ।

आ.व.२०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँदेखि अधिकतम् प्रति हजार ८५ रुपैयाँसम्म प्रदान गरेको पनि कम्पनीले जनाएको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

कम्पनीले स्थापनाकाल्देखि २०७९ साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी ८५ अर्ब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ । साथै कूल २९ अरब ६० करोड बराबरको बीमा दावी भुक्तानी गरेको छ ।