Dhulikhel Eco Banner new

शेयर बजारमा भारी अंकको सुधार, कारोबार रकम १ अर्ब ६५ करोड मात्रै

7.37K
shares

काठमाडौं, २१ जेठ । शेयर बजारमा आइतबार दोहोरो अंकको सुधार भएको छ । पछिल्लो समय लगातार रुपमा ओरालो लागेको शेयर बजार बिहीबार ५३ अंकभन्दा बढीले बढेको हो ।

आइबार शेयर बजार परिसूचक २ दशमलव ८४ प्रतिशतले बढेको हो । समग्रमा आइतबार ५३ दशमलव ०३ अंकले बढेको छ । यो सँगै बजार परिसूचक १९१९ दशमलव ३७ विन्दुमा पुगेको छ ।

आइतबार २७० कम्पनीका ४५ लाख ५७ हजार १६९ कित्ता शेयर खरिद बिक्रीहुँदा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ४९ प्रतिशतले बढेको छ । ४ दशमलव ४९ प्रतिशतले बढेको सेन्सेटिभ इन्डेक्स ३६५ दशमलव १० विन्दुमा पुगेको छ ।