Dhulikhel Eco Banner new

शेयर बजारमा सुधार, कारोबार रकम १ अर्ब ९८ करोड

8.5K
shares

काठमाडौं, २३ जेठ । शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार भएको छ । हिजो दोहोरो अंकको गिरावट आएको शेयर बजारमा आज २५ अंकभन्दा बढीले बढेको हो ।

मंगलबार शेयर बजार परिसूचक २५ दशमलव ६६ प्रतिशतले बढेको हो । यो सँगै बजार परिसूचक १९२७ दशमलव ६५ विन्दुमा पुगेको छ ।

मंगलबार २६९ कम्पनीका ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर खरिद बिक्रीहुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८७ अंकले बढेको छ । २ दशमलव ८७ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३६५ दशमलव ०९ विन्दुमा पुगेको छ ।