Dhulikhel Eco Banner new

शेयर बजारमा सुधार, कारोबार रकम ३ अर्ब ४४ करोड

6.38K
shares

काठमाडौं, ७ असार । पछिल्लो समय लगातार रुपमा ओरालो लागेको शेयर बजार आज भने भने केहि अंकको सुधार आएको छ । बिहीबार ४ दशमलव ७५ अंकले सुधार आएको शेयर बजार परिसूचक २०५५ दशमलव ५३ विन्दुमा पुगेको छ ।

बिहीबार २७६ कम्पनीका ८ लाख ८ हजार २४६ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने घटेको छ । आज ० दशमलव ३० अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८५ दशमलव ८१ विन्दुमा पुगेको छ ।