Dhulikhel Eco Banner new

हिमालयन हाइड्रोपावरको आवेदन दिने आज अन्तिम म्याद

4.6K
shares

काठमाडौं, २३ जेठ । हिमालयन हाइड्रोपावर लिमिटेडले वैशाख २५ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले यो आईपीओ छिटोमा जेठ ८ गतेसम्म विक्रीमा रहने मिति तय गरेको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि जेठ १६ गतेसम्मको मिति तय गरेको कम्पनीले पुनः मिति थप गरी जेठ २३ गतेसम्म कायम गरेको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले विद्यमान जारी पूँजी रू. १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयमा विक्री खुला गरेको हो ।

प्रतिशेयर रू. १०० मूल्यका रू. ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयनले खरीद गर्न आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुहरुले आवेदन दिन सक्नेछन् ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।