Dhulikhel Eco Banner new

किसानलाई रासायनिक मल छैन, गोदाममा खेर जाँदैछ

6.24K
shares

काठमाडौं, २३ जेठ । अहिले देशभरका किसानले मल नपाएर समस्यामा परिरहेका छन् । मल नपाएका कारण उत्पादनमा गिरावट आउने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । यो अहिले सबै किसानको साझा समस्या भइरहेको छ ।

एकातर्फ किसान मल पाउने आसामा बसिरहेका छन् भने मल नपाइने कारणले गर्दा किसानलाई खेतीपातीको सिजनमा समस्या भइरहेको छ । अर्कोतर्फ सिमानाकामा रहेका गोदाममा रासायनीक मल वेबारिसे अवस्थामा रहेको पाइएको छ । बीरगञ्जस्थित सुख्खा बन्दरगाहमा दुई बर्षदेखी २५ हजार मेट्रिक टन डिएपी मल गोदाम र रेलको लिक बाहिर बेवारिसे अवस्थामा छाडिएको अवस्थामा छ ।

समुन्द्र मार्गबाट ल्याइएको भिजेको अवस्थामा रहेको मल यतत्रत छरिएको अवस्था रहेको छ । यो रासायनीक मलको गुणस्तर परिक्षण लगाायतका कुनै काम नहुँदा मल प्रयोग हुन नसकेको बताइएको छ । गुणस्तर परिक्षण गरी प्रयोग गर्न मिल्ने भएर किसानलाई प्रदान गर्न सकेको खण्डमा राहत मिल्ने छ ।

एकातर्फ सरकार तथा सरोकारवाला निकायले मल ल्याउने सम्बन्धमा ध्यान नदिएको जस्तो देखिएको छ । अनि अर्को तर्फ मल खरे गइरहेको छ । अनि किसानले सधैँ खेती गर्ने समयमा मलको समस्या नियतीनै बनेको छ । गुणस्तरको मल नभएका कारण मल किसानकोसम्म पुग्न नसकेको भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिए । गुणस्तरहिन मल रहेकाले त्यो फिर्ता पठाउनु पर्ने हुन्छ होला भट्टराइले भने ।