Dhulikhel Eco Banner new

शेयर बजार घट्दा पनि यी ५ कम्पनीको उच्च कारोबार

2.6K
shares

काठमाडौं, १३ भदौ । बिहीबार शेयर बजार ३६.८३ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । यसदिन ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको र २ कम्पनीको स्थिर रहेको छ ।

अघिल्लो दिन आज १३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यसदिन भने घटेर १२ अर्ब २४ करोडमा झरेको हो ।

यसदिन सबैभन्दा धेरै गुडविल फाइनान्सको ३७ करोड ६५ लाख रुपैयाँ शेयर कारोबार भएको छ । दोस्रो नम्बरमा अपी पावरको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको ३४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, राधी विद्युतको ३१ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।