Dhulikhel Eco Banner new

यी हुन् आज सर्वाधिक कमाउने ५ कम्पनी

2.93K
shares

काठमाडौं, १३ भदौ । बिहीबार शेयर बजार ३६.८३ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । यसदिन ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको र २ कम्पनीको स्थिर रहेको छ ।

यसदिन सबैभन्दा धेरै कुथेली हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र मिड सोलु हाइड्रो, मितेरी विकास बैंक, पिपुल्स हाइड्रोपावरको हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसदिन शेयर बजारमा रिगावट आएपनी यी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएको छ ।

सबैभन्दा बढी कुथेली हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन मिड सोलु हाइड्रोको लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् भने मितेरी विकास बैंकले ७.८९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ७.६२ प्रतिशतका दरलेकमाएका छन् ।