Dhulikhel Eco Banner new

३६.८३ अंकले घट्यो शेयर बजार

2.87K
shares

काठमाडौं, १३ भदौ । बिहीबार शेयर बजार ३६.८३ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । यसदिन ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको र २ कम्पनीको स्थिर रहेको छ ।

अघिल्लो दिन आज १३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यसदिन भने घटेर १२ अर्ब २४ करोडमा झरेको हो ।

यसदिन सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स ०.९, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ०.१, लगानी ०.९, जीवन बीमा २.०, उत्पादन ०.९, माइक्रोफाइनान्स २, निर्जीवन बीमा १.८, व्यापार ०.६ तथा अन्य ०.५ प्रतिशत घटेको छ ।