Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट

3.8K
shares

काठमाडौं, ८ असोज । मंगलबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ५८.९३ अंकले घटेर २,४७० को विन्दुमा कायम भएको छ ।

यसदिन १० कम्पनीको शेयर मूल्य बढेको छ र २३३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६८ करोडको कारोबार भएको हो ।

अधिकांश कम्पनीको घट्दा पनि अप्पर स्याङ्गे हाईड्रोपावरको लगानीकर्ताले सर्वाधिक कमाएको छ । उक्त कम्पनीको यसदिन ७.८३ प्रतिशतका दरले बढेको छ ।

यसदिन सबैभन्दा धेरै हिमालायन हाईड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको १० प्रतिशतका दरले घटेको छ ।

बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटेको छ ।