GBIME

सिवाइसि लघुवित्तको आइपीओ बिहीबार बाँडफाँड हुने, साढे २२ लाख आवेदकको शेयर नपाउने

1.55K
shares

काठमाडौँ , १३ वैशाख सिवाइसि लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरको बाँडफाँड बैशाख १५ गते बिहीबार हुने भएको छ। बिहीबार बिहान ९ बजे आइपीओ बाँडफाँड गरिने बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
कम्पनीले बिक्रीमा ल्याएको उक्त आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसले गर्दा ३६ हजार ९४८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली हुनेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।