राष्ट्र बैंकले प्रतिनिधी नपाठाउँदा पुँजी बजार समस्या समाधान कार्यदलले पाएन पूर्णता
वि.सं.२०७९ असार २ बिहीवार १९:००
shares

काठमाडौं, २ असार । सरकारले पुँजी बजारको समस्या समाधान गर्नका लागि गठन गरिएको कार्यदलको संयोजकको जिम्मेवारी धितोपत्र बोर्डका कायममुकाय कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिइएको छ । अर्थमन्त्रालयले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि निर्माण गर्ने कार्यदलको संयोजक आचार्यलाई बनाइएको हो ।
राष्ट्र बैंकले प्रतिनिधी नपठाउँदा बिहीबार कार्यदलले पूर्णता पाउन नसकेको बताइएको छ । त्यस्तै सदस्यमा अर्थमन्त्रालयका उपसचिव इन्द्रबहादुर देवकोटा रहेका छन् भने राष्ट्र बैंकको तर्फबाट पठाइने प्रतिनिधी भने शुक्रबारसम्म पठाउने जानकारी आएको धितोपत्र बोर्डका उप–कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए ।
केसीलाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिइएको जनाइएको छ । राष्ट्र बैंकले प्रतिनिधी पठाए पछि कार्यदलले काम सुरु गर्ने बताइएको छ । पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदलको संयोजक तोकिएको छ । शेयर लगानीकर्ताको समस्या समाधानका लागि गठित समितिमा धितोपत्र बोर्डले संयोजक र सदस्य सचिवको नाम सिफारिस गरेको हो ।
या चार सदस्यीय कार्यदलले मौद्रिक नीति अगावै शेयर लगानीकर्ताका समस्या समाधानका लागि सिफारिस गर्ने जिम्मेवारी पाएको छ ।














